सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कर्णालीमा एमाले–माओवादीको बैठक निष्कर्षहीन, मुख्यमन्त्री नछाड्ने शर्माको अडान

कर्णालीमा एमाले–माओवादीको बैठक निष्कर्षहीन, मुख्यमन्त्री नछाड्ने शर्माको अडान

साझा पोष्ट
मंगलबार, चैत २० २०८०
  • images
    कर्णालीमा एमाले–माओवादीको बैठक निष्कर्षहीन, मुख्यमन्त्री नछाड्ने शर्माको अडान
    images

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री निवासमा बसेको गठबन्धन घटक एमाले–माओवादी नेताको बैठक निष्कर्षविहीन टुंगिएको छ । सकारात्मक छलफल भएपनि टुंगोमा नपुगिएको बताइएको छ ।

    images
    images

    एमाले संसदीय दलका नेता यामलाल कँडेल र पार्टी प्रदेश इन्चार्ज लेखराज भट्ट निचोडविनै बैठकस्थलबाट बाहिरिएका छन् । छलफलमा माओवादीका कर्णाली ईन्चार्ज कालिबहादुर मल्ल, तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत उपस्थित थिए ।कर्णालीको नेतृत्व एमालेलाई दिन केन्द्रमा सहमति भए पनि राजकुमार शर्माले मुख्यमन्त्री नछाड्ने अडान लिएका छन् ।

    images
    images

    मुख्यमन्त्री शर्माले आज प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ । यता केन्द्रको निर्णयअनुसार प्रदेशमा सहमति नजुट्दा बैठक अनिश्चित बनेको छ ।

    प्रदेश सभा सचिवालय प्रमुख जीवराज बुढाथोकी सचिवले संसदीय दलका नेताहरू बैठकमा व्यस्त भएकाले सदन ढिला भएको हो । कार्यव्यवस्थाको बैठकले भने विश्वासको मत लिने कार्यसूचि पारित गरेको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार