सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

राजीनामा नदिने कर्णालीका मुख्यमन्त्रीको अडान, बुधवार विश्वासको मत लिने

राजीनामा नदिने कर्णालीका मुख्यमन्त्रीको अडान, बुधवार विश्वासको मत लिने

साझा पोष्ट
मंगलबार, चैत २० २०८०
  • images
    राजीनामा नदिने कर्णालीका मुख्यमन्त्रीको अडान, बुधवार विश्वासको मत लिने
    images

    माओवादीको कर्णाली प्रदेश संसदीय दलले सरकारको नेतृत्व नछाड्ने निर्णय गरेको छ ।मंगलबार बसेको माओवादी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री राजकुमार शर्माले बुधबार विश्वासको मत लिने निर्णय गरेको हो ।

    images
    images

    माओवादी नेता तथा कर्णाली सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने र त्यसपछि केन्द्रमा सत्ता गठबन्धनमा भएको सहमति अनुसार अघि बढ्न सकिने बताए । सत्ता गठबन्धनको शीर्ष नेताहरुबीच कर्णालीमा एमालेले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

    images
    images

    तर मुख्यमन्त्री राजकुमार शर्माले मानेका छैनन ।उनले विश्वासको मत लिन मंगलबार प्रदेशसभाको बैठक बोलाइएको थियो । मंगलबार यस विषयमा एमाले र माओवादी केन्द्रका नेताहरुबीच दिनभरजसो छलफल भएको थियो । तर मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा नदिने अडान लिएपछि छलफल विना निष्कर्ष सकिएको थियो ।

    त्यसपछि बसेको माओवादी संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिने निर्णय गरेको हो ।प्रदेश सभाको बैठक बुधबार दिउँसो ३ बजे बस्नेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार