सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

लुम्बिनीमा महरालाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख समक्ष बहुमत सांसदको हस्ताक्षर पेश

लुम्बिनीमा महरालाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख समक्ष बहुमत सांसदको हस्ताक्षर पेश

साझा पोष्ट
शुक्रबार, चैत २३ २०८०
  • images
    लुम्बिनीमा महरालाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख समक्ष बहुमत सांसदको हस्ताक्षर पेश
    images

    बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दावी गर्दै माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षर बुझाएका छन् । शुक्रबार महराले प्रदेश प्रमुख अमिक शेरचनलाई बहुमत सदस्यको हस्ताक्षर बुझाएका हुन् । आज दाबी पेश गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले महरालाई आजै मुख्यमन्त्री नियुक्ति गर्ने तयारी रहेको छ ।

    images
    images

    एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएको हो ।

    images
    images

    नागरिक उन्मुक्तिका ४ प्रदेशसभा सदस्य थपिने गरी कांग्रेस गठबन्धन छाडेका संसदीय दलका नेता धर्मबहादुर चौधरीले भने आन्तरिक विवादका कारण हस्ताक्षर नभएको जनाइएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार