सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्री नियुक्त

जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्री नियुक्त

साझा पोष्ट
शुक्रबार, चैत २३ २०८०
  • images
    जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्री नियुक्त
    images

    बुटवल ।   नेकपा माओवादीको संसदीय दलका नेता जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश सभामा रहेका ५ दलका ४७ र १ स्वतन्त्र सांसदसहित ४८ सांसदहरूको समर्थनमा महरा मुख्यमन्त्री नियुक्त भएका हुन् । उनी लुम्बिनी प्रदेशको पाचौं मुख्यमन्त्री हुन् । 

    images
    images

    एमालेका २९, माओवादीका १०, जसपाका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र १ गरी ४४ सांसदले महरालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दावी पेश गरेका थिए । त्यसको केही समय पछि नागरिक उन्मुक्ति पार्टीका ४ जनाले पनि महरालाई समर्थन रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए ।

    images
    images

    लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले दलहरूको दावीलाई सदर गर्दै शुक्रबार नै महरालाई मुख्यमन्त्री नियुक्ति गरेका हुन् । तर शपथ भने आइतबार मात्रै गरिने भएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले महरालाई मुख्यमन्त्री नियुक्ति गरेको जनाएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार