सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

दीपक मनाङेको समर्थनसहित खगराजले गरे मुख्यमन्त्रीमा दाबी

दीपक मनाङेको समर्थनसहित खगराजले गरे मुख्यमन्त्रीमा दाबी

साझा पोष्ट
आइतबार, चैत २५ २०८०
  • images
    दीपक मनाङेको समर्थनसहित खगराजले गरे मुख्यमन्त्रीमा दाबी
    images

    काठमाडौं । गण्डकीको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् ।

    images
    images

    मुख्यमन्त्रीको दाबी गर्दै एमाले संसदीय दलका नेता अधिकारीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष बहुमत सदस्यको हस्ताक्षर बुझाएका हुन् ।

    images
    images

    ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सांसद चाहिन्छ ।  उनलाई राजीव गुरुङ (दीपक मनाङे) सहित एमाले र माओवादीले समर्थन गरेको छ । सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ छन् ।

     नेपाली कांग्रेस नेतृत्वको अघिल्लो सरकारको पालामा भौतिक पूर्वाधारमन्त्री बनेका स्वतन्त्र सांसद राजीव गुरुङ  (दीपक मनाङे) ले समर्थन गर्दा ठिक्क बहुमत पुगेको छ ।  सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार