मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

साहित्यकार प्रकट पगेनी 'शिव' गम्भीर बिरामी, उपचारका लागि आर्थिक अभाव

साहित्यकार प्रकट पगेनी 'शिव' गम्भीर बिरामी, उपचारका लागि आर्थिक अभाव

साझा पोष्ट
मंगलबार, वैशाख ४ २०८१
  • images
    साहित्यकार प्रकट पगेनी 'शिव' गम्भीर बिरामी, उपचारका लागि आर्थिक अभाव
    images

    काठमाडौं ।  साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’ सिकिस्त बिरामी परेका छन् । उनी उपचारका लागि छि मनिपाल शिक्षण अस्पतालमा भर्ना भएका छन् । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मनिपालमा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको हो ।


    images
    images

    कविता, गीतसहित शृंगारिक गजलमार्फत प्रख्यात शिवको उपचारका लागि समस्या भएपछि आर्थिक संकलन अभियानसमेत थालिएको छ । साहित्यकार शिवको परिवारको आग्रहमा पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा आर्थिक संकलन थालिएको छ । 

    साहित्यकार प्रकटलाई बचाउन शुभेच्छुक र विभिन्न साहित्यिक संस्थाले सहकार्यसमेत गरिरहेका छन् । साहित्यकार प्रकटको जीवन बचाउन आर्थिक सहयोग गरिदिन अपीलसमेत गरिएको छ ।

    प्रकटका कविता, गजलका किताब प्रकाशित छन् । उनका ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’जस्ता गीत पनि चर्चित छन् । 

    prakat-pangeni_help.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार