मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर शिव बराल पक्राउ

घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर शिव बराल पक्राउ

साझा पोष्ट
बुधबार, वैशाख ५ २०८१
  • images
    घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर शिव बराल पक्राउ
    images

    काठमाडौं । घुस लिएको आरोपमा पोखरा महानगरपालिका घर नक्सा शाखाका इन्जिनियर शिव बराल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले इन्जिनियर बराललाई मंगलबार पक्राउ गरेको हो ।


    images
    images

    गत चैत २८ गते घर निर्माणको घर नक्सा प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई अख्तियारले पक्राउ गरेको थियो । उनीहरु १ लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए ।

    सोही विषयमा अनुसन्धानका क्रममा इन्जिनियर बरालको पनि संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका सूचना अधिकारी जगदिश शिवाकोटीले जानकारी दिए । बराललाई पक्राउ गरी केन्द्रीय कार्यालय टंगाल पठाइएको छ ।

    उनीहरुले एउटै काममा पनि पटक पटक घुस लिएको खुलेको छ । 

    प्रतिक्रिया हरु
    थप समाचार