सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

खगराजले लिए मुख्यमन्त्रीको शपथ, मनाङे फेरि मन्त्री बने

खगराजले लिए मुख्यमन्त्रीको शपथ, मनाङे फेरि मन्त्री बने

साझा पोष्ट
आइतबार, चैत २५ २०८०
  • images
    खगराजले लिए मुख्यमन्त्रीको शपथ,  मनाङे फेरि मन्त्री बने
    images

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराए ।

    images
    images

    उनीसहित नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान र राजीव गुरुङ (दीपक मनाङे)  ले पनि शपथ लिएका छन् । चुमान र गुरुङले विनाविभागीय मन्त्रीको शपथ लिएका हुन् । यसअघि नेकपा एस छाडेको घोषणासहित सुरेन्द्र पाण्डे नेतृत्वमा मन्त्री खाएका मनाङे अधिकारीलाई समर्थन जनाउँदै आज फेरि मन्त्री बनेका छन् ।

    images
    images

    एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का ८ (सभामुखसहित) र एक स्वतन्त्र दीपक मनाङे गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्री बनेका हुन् । कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार