सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा खनिया

एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा खनिया

साझा पोष्ट
आइतबार, वैशाख १६ २०८१
  • images
    एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा खनिया
    images

    काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक  अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ।


    images
    images

    सन् २००४ मा बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखा, विभाग एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव संगालेका छन्।

    सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका खनिया सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भएका थिए।

    तत्पश्चात यस बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेत्तृत्वदायी भुमीकामा रही बैंकको व्यवसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा अतुलनीय योगदान दिएका उनी हाल बैंकको ‘स्ट्राटेजीक पर्फमान्स म्यानेजमेन्ट इकोसिस्टमरएक्सपेरियनस एस्यरेनस इकोसिस्टम’ प्रमुख, प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका छन्।

    बैंकको विभिन्न विभागहरु तथा इकोसिस्टमहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैंकको ‘ट्रान्सफर्मेसनल जर्नी’ मा अतुलनिय योगदान दिई सफल जिम्मेवारी निर्वाह गरेका खनियाको नयाँ जिम्मेवारीबाट थप उचाई हासिल  हुने बैंकको विश्वास छ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार