मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

गगनलाई  चुनौती दिँदै रविले भने: मैले ऋण मागेको प्रमाण देखाउनुस् राजनीति छाड्छु, नसके तपाईंले छाड्नुपर्छ

गगनलाई  चुनौती दिँदै रविले भने: मैले ऋण मागेको प्रमाण देखाउनुस् राजनीति छाड्छु, नसके तपाईंले छाड्नुपर्छ

साझा पोष्ट
शुक्रबार, वैशाख २८ २०८१
  • images
    गगनलाई  चुनौती दिँदै रविले भने:  मैले ऋण मागेको प्रमाण देखाउनुस् राजनीति छाड्छु, नसके तपाईंले छाड्नुपर्छ
    images

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसका महामन्त्री गगन थापालाई आफूले सहकारीमा ऋण मागेको प्रमाण देखाउन चुनौती दिएका छन् । प्रतिनिधि सभाको बैठक कांग्रेसको अवरोधका कारण सदन स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले प्रमाण देखाए राजनीति नै छाड्ने बताए ।

    images
    images

    ‘मानननीय गगन थापाले आज गृहमन्त्रीले आफैंले हस्ताक्षर गरेर ऋण मागेको मसँग प्रमाण छ भन्नुभयो । मेरो चुनौती उहाँले त्यो प्रमाण दिनुभयो भने संसदीय समिति त के कुनै ठूलो कुरा होइन, किर्ते गरेको कुरा होइन, मैले लोन माग्नको लागि निवेदन दिएर ऋण मागेको प्रमाण छ भन्नुभएको छ नि त्यो दिनुभयो भने म राजनीति छोड्दिन्छु दिन सक्नुभएन भने उहाँले राजनीति छाड्नुपर्ने हुन्छ ।’ लामिछानेले भने । 

    images
    images

    संसदीय समिति सामान्य हो भन्दै उनले पहिला  सदनमा बोल्न पाउनुपर्ने बताए । प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री थापाले गृहमन्त्री आफू संलग्न नभए समिति बनाउन गृहमन्त्री किन किन डराएको रु किन आत्तिएको रु भन्दै प्रश्न गरेका थिए ।  

    प्रतिक्रिया हरु
    थप समाचार