मंगलबार, जेठ १ गते २०८१
Logo
मंगलबार, जेठ १ गते २०८१

लगानी सम्मेलनबारे के भन्छन् स्वदेशी उद्यमी व्यवसायी ?

लगानी सम्मेलनबारे के भन्छन् स्वदेशी उद्यमी व्यवसायी ?

साझा पोष्ट
सोमबार, वैशाख १७ २०८१
  • images
    लगानी सम्मेलनबारे  के भन्छन् स्वदेशी उद्यमी व्यवसायी ?
    images
    images

    काठमाडौं । तेस्रो लगानी सम्मेलन शुरु भएसँगै स्वदेशी उद्यमी व्यवसायीहरुले सम्मेलनमा भएको सहभागिताले नेपालमा लगानीको वातावरण खुला भएको महशुस भएको प्रतिक्रिया दिएका छन् ।

    images
    images
    images

    सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन आईतवारदेखि काठमाडौंमा शुरु भएको छ । विदेशी तथा स्वदेशी लगानी भित्र्याउने उदेश्यले शुरु भएको लगानी सम्मेलन शुरु भएसँगै नेपाली उद्योगी व्यवसायीहरुले सरकारले नीतिगत सुधार गरी नीतिगत स्थिरता कायम गरे लगानीको गन्तव्य बन्नसक्ने अवस्था देखिएको बताए ।

    images
    images

    स्वदेशी उद्यमी व्यवसायीहरुले सरकारले स्वदेशी तथा विदेशी लगानीको लागि आवश्यक नीतिगत सुधारहरु गर्न अझै धेरै आवश्यक रहेको बताए । उनीहरुले लगानी सम्मेलनमा लगानीकर्ताहरुको उपस्थिति उत्साहजन भएको भन्दै राम्रो लगानी प्रतिवद्धता आउने अपेक्षा गरे । उनीहरुले सरकारले राष्ट्रिय पुँजी निर्माण र विदेशी लगानीको वातावरण बनाउने लगानीमैत्री स्थिर कानून बनाउन आवश्यकता देखिएको बताउनु भयो । उनीहरुले अध्यादेशमार्फत ९ वटा कानूनमा संशोधन गरी कानूनी सुधारमा सरकारले प्रतिवद्धता जनाए पनि अझै धेरै नीतिगत अफ्ठ्याराहरु रहेको बताए । व्यवसायीहरुले विगतका लगानी सम्मेलन जस्तो प्रतिवद्धता मात्रै जनाउने तर राज्यले चासो नदिने गरेको भन्दै सम्मेलन सकिएसँगै प्रतिवद्धता भए अनुसार कार्यान्वयनको लागि तदारुकता देखाउन जरुरी रहेको बताए ।

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनमाको शुरुवातको दिन हेर्दा नेपालमा लगानीको वातावरण देखिएको बताए । उनले अब नेपालमा लगानी गर्ने वातावरण बन्ने अवस्था देखिएको प्रतिक्रिया दिए। उनले लगानी सम्मेलमा प्रधानमन्त्रीदेखि विदेशी लगानीकर्ताहरु सबैले जलविद्युतको बारेमा चर्चा गरेकाले जलविद्युतमा लगानीमैत्री वातावरण बन्ने विश्वास बढेको बताए । 

    जलविद्युतमा सरकारले लगानीमैत्री वातावरण बनाउने र लगानीमैत्री नीतिहरु बनाउन सके ह जलविद्युतमा लगानी आउने वातावरण देखिएको उनले बताए ।  सरकारले यसलाई मध्यनजर गरेर तत्काल जलविद्युतमा लगानीमैत्री वातावरण बनाएर नेपाली निजी क्षेत्रलाई पनि समावेश गराए २८ हजार मेगावट विद्युत उत्पादनमा सहज हुने उनको विश्वास छ ।  सरकारले सम्मेलन सकिएपछि पनि लगानीका लागि भएका प्रतिवद्धता कार्यान्वयनमा जुट्न आवश्यक रहेकोमा उनले जोड दिए । 
    ‘ लगानी सम्मेलनमाको सुरुवातको दिन हेर्दा नेपालमा लगानीको वातावरण रहेको देखिएको छ । अब नेपालमा लगानी गर्नुपर्छ भन्ने अवस्था देखिएको छ । लगानी सम्मेलमा प्रधानमन्त्रीदेखि विदेशी लगानीकर्ताहरु सबैले जलविद्युत भनेका छन् । नेपालका जलविद्युतको स्कोप छ त्यसको लागि सरकारले लगानीमैत्री वातावरण बनाउने र लगानीमैत्री नीतिहरु बनाउने हो भने जलविद्युतमा लगानी आउने रहेछ भन्ने अवस्था देखिएको छ । सरकारले यसलाई मध्यनजर गरेर तत्काल जलविद्युतमा लगानीमैत्री वातावरण बनाएर नेपाली निजी क्षेत्रलाई पनि समावेश गराएर लैजाने हो भने २८ हजार मेगावट उत्पादनमा सहज हुन्छ ।सरकारले सम्मेलन सकिएपछि तयारीमा जुट्न आवश्यक छ ।’ उनले भने । 

    गैरआवासीय नेपाली संघ (एनआरएनए)  का पूर्वअध्यक्ष कुल आचार्यले नेपालमा विदेशी भन्दा पनि गैरआवासीय नेपालीहरुको लगानी धेरै रहेको बताए । आचार्यले सरकारको नीतिगत समस्याको कारण लगानी सम्मेलनमा गैरआवासीय नेपालीहरुको भुमिका कम पाएको बताए । उनले धेरै क्षेत्रमा लगानी गरेका गैरआवासीय नेपालीहरुलाई अझ अन्य क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्न जरुरी रहेको बताए । उनले विदेशी लगानीकर्तालाई आकर्षण गराएर यो सम्मेलनले मुलुकमा लगानीको वातावरण खुला छ भन्ने वातावरण बनाउन सक्नुपर्नेमा जोड दिए ।  

    विकसित देशहरुका लगानीकर्ताहरुलाई लगानीको लागि प्योकजमा सहुलियतहरु दिएर ठूला लगानीकर्ताहरु ल्याउने वातावरण सरकारले गर्न जरुरी रहेको उनले बताए । अफ्रिकी मुलुकहरुबाट सिकेर अझै लगानीको लागि विदेशी लगानीकर्ताहरुलाई बोलाउन र  लगानी सुरक्षित गर्न सरकारले बलियो कानून निर्माण गर्न सक्नुपर्ने उनले बताए । 

    नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले लगानी सम्मेलनले आगामी दिनमा मुलुकमा राम्रो लगानीको सम्भावना आउने अवस्था देखिएको बताए । ।  लगानी सम्मेलनलाई लगानी सम्मेलनको रुपमा मात्रै नभएर लगानी भित्र्याउने माध्यमको रुपमा राज्यले लिन आवश्यक रहेको उनले बताए । 

    ,‘सरकारले लगानी सम्मेलनलाई लगानी सम्मेलनको रुपमा मात्रै नभएर लगानी भित्र्याउने माध्यमको रुपमा निरन्तर लाग्नुपर्छ । नेपाल सरकार र नेपाली उद्योगीहरुले लगानी गर्न नसक्ने क्षेत्रमा विदेशी लगानी ल्याउन आवश्यक छ । आत्मनिर्भर भएका क्षेत्रमा भन्दा पनि ठूलो लगानी आवश्यक भएका क्षेत्रमा विदेशी लगानी ल्याउने वातावरण बनाउनु पर्छ । सरकारको वैदेशिक लगानीको नीति अनुसार लगानी आउने वातावरण छैन । नीतिलाई सुधार गरेर सहज बनाउनु पर्छ ।’ उनले भने । 

    व्यवसायीहरुले मुलुकमा लगानी भित्र्याउनको लागि ८ वटा कानून संशोधन गरेर मात्रै नपुग्ने भन्दै अझै अन्य कानूनहरु परिमार्जन गर्न जरुरी रहेको जनाएका छन् । उनीहरुले राजनीतिक दल र सरकारले विदेशी लगानी र स्वदेशी पुँजी निर्माणको लागि दीर्घकालिन कानून बनाउनु पर्नेमा जोड दिए । उनीहरुले तत्कालको लागि अध्यादेश ल्याएर मात्रै स्वदेशी र विदेशीहरुले लगानीको सुरक्षित वातावरण महशुस गर्ने भन्दै सरकार परिवर्तन भएपनि लगानी सुरक्षाको लागि स्थायी कानून छ भन्ने सन्देश दिनुपर्ने बताए । सरकारले एकद्वार प्रणालीमा सर्भिस दिने वातावरण उद्यमीहरुलाई दिए मात्रै नेपाली र विदेशी लागनीकर्ता उत्साहित भएर लगानी गर्ने जनाए ।-न्यूज एजेन्सी नेपाल 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार