मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

चुनाव हारेपछि मिलन लिम्बु भन्छन्ः साग पसल खोल्छु, राजनीति गर्छु

चुनाव हारेपछि मिलन लिम्बु भन्छन्ः साग पसल खोल्छु, राजनीति गर्छु

साझा पोष्ट
बुधबार, वैशाख १९ २०८१
  • images
    चुनाव हारेपछि मिलन लिम्बु भन्छन्ः साग पसल खोल्छु, राजनीति गर्छु
    images

    काठमाडौं । इलाम २ को उपनिर्वाचनमा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बुले अब साग पसल खोलेर काम गर्ने र राजनीतिका माध्यमबाट जनताको सेवा गर्ने बताएका छन् । 

    images
    images

    बुधबार बिहान सामाजिक सञ्जालमार्फत आफूले निर्वाचनअगाडि पत्रकारसँग भनेको कुरा स्मरण गर्दै  साग बेचेरै भए पनि जनताको सेवा गर्ने प्रतिबद्धता प्रकट गरेका हुन्। 

    images
    images

    ‘निर्वाचनअगाडि पत्रकार साथीहरूले प्रश्न गर्ने गर्नुहुन्थ्यो– पत्रकारिता छोडेर राजनीतिमा आउनुभयो। निर्वाचनमा सहभागी हुनुभएको छ, जित्नुभयो भने त सांसद बन्नुहुन्छ, हार्नु भयो भने के गर्नु हुन्छरु मेरो जवाफ हुन्थ्यो– सांसद भए सदनमा जनताको आवाज उठाउने छु। नभए साग बेचेरै भए पनि जनताको सेवा गर्छु’, लिम्बुले लेखेका छन्, ‘आज पनि भन्छु– साग बेचेरै भए पनि जनताको सेवा गर्छु।’

    अब आफू छिट्टै साग पसल खोल्ने तयारीमा लागेको उनले  जानकारी दिएका छन् । 

    ‘हामी इलामेली युवा मिलेर छिट्टै नै साग पसल अर्थात् कृषिजन्य उत्पादनको बजारीकरणका लागि काम गर्दै छौँ। यसका आधारभूत कामहरू सुरु भइसकेका छन्। किसानबाट संकलन गर्न सकिने कृषिजन्य उत्पादनको सूची तयार भएको छ। यसका सम्भावित बजारबारे अध्ययन भएको छ’, उनले भनेका छन्, ‘हामी छिट्टै नै उत्पादन, संकलन र बजारीकरणको अवस्थामा पुग्ने छौँ। छिट्टै नै हाम्रो साग पसल देख्न पाउनुहुने छ।’

     मिलन लिम्बुको पूरा स्टाटस-

    साग पसल खोल्दै छु-

    निर्वाचन अगाडि पत्रकार साथीहरूले प्रश्न गर्ने गर्नुहुन्थ्यो पत्रकारिता छोडेर राजनीतिमा आउनु भयो । निर्वाचनमा सहभागी हुनु भएको छ, जित्नु भयो भने त सांसद बन्नु हुन्छ, हार्नु भयो भने के गर्नु हुन्छ?

    मेरो जवाफ हुन्थ्यो-

    सांसद भए सदनमा जनताको आवाज उठाउने छु। नभए साग बेचेरै भए पनि जनताको सेवा गर्छु।

    प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा रहेका एउटा उम्मेदवारले 'साग बेचेरै भए पनि जनताको सेवा गर्छु' भन्दै गर्दा धेरैलाई अनौठो लाग्यो। जसलाई अनौठो लाग्यो उसलाई श्रम र हाम्रा (इलाम)का सम्भावनाहरू थाहै छैन। जसलाई, श्रम गरेर होइन, अनैतिक आर्जनबाट जीवन धान्न बानी परेको छ। त्यसैले यो विषयलाई ‘ट्रोल’ बनाउने कोसिस भयो। त्यसमा भन्नु केही छैन।

    इलाम र कृषि उत्पादन

    इलाम कृषिजन्य उत्पादनको दृष्टिले प्रचुर सम्भावना भएको जिल्ला हो। तर, यहाँको कृषिजन्य उत्पादनले उचित बजार पाएको छैन। उत्पादन बढाउँदै बजारसम्म पुर्‍याएर कृषकको जीवनस्तर उकास्न थोरै भए पनि योगदान गर्नु छ। यो योजना अनुरूप मैले साग बेचेरै भए पनि जनताको सेवा गर्छु भनेको हुँ।

    साग पसल खोल्दैछौँ

    हामी इलामेली युवा मिलेर छिट्टै नै साग पसल अर्थात् कृषिजन्य उत्पादनको बजारीकरणका लागि काम गर्दै छौँ। यसका आधारभूत कामहरू सुरु भइसकेका छन्। किसानबाट सङ्कलन गर्न सकिने कृषिजन्य उत्पादनको सूची तयार भएको छ  यसका सम्भावित बजारबारे अध्ययन भएको छ। हामी छिट्टै नै उत्पादन, सङ्कलन र बजारीकरणको अवस्थामा पुग्ने छौँ । छिट्टै नै हाम्रो साग पसल देख्न पाउनुहुने छ।

    साग बेचेर के हुन्छ ?

    हाम्रो क्षमताले भ्याएसम्म कृषकको उत्पादनलाई बजारसम्म पुर्‍याउँदा कृषकको जीवनस्तर उकास्न सहयोग पुग्ने छ । त्यसपछि, सोही व्यवसायबाट हामी युवा पनि आत्मनिर्भर हुने छौँ ।

    राजनीति पेसा होइन। राजनीतिलाई पेसा बनाउनु हुँदैन। म राजनीतिलाई पेसा बनाउने गलत प्रवृत्तिको पक्षमा छैन । त्यस कारण राजनीति मेरा लागि सेवा हुने छ, जीवन धान्न कृषिजन्य उत्पादन र बजारीकरण मेरो पेसा हुने छ । यसै कर्मबाट नै इलामेली जनताको सेवा गर्ने छु।

    भन्दै आएको थिएँ -

    म अकबरे उम्मेदवार हुँ

    म अलैँची उम्मेदवार हुँ

    म अम्लिसो उम्मेदवार हुँ

    म ओलन उम्मेदवार हुँ

    अर्थात् इलामका कृषक र कृषि उत्पादनको उम्मेदवार हुँ।

    र, आज पनि भन्छु- साग बेचेरै भए पनि जनताको सेवा गर्छु।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार