शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

आसिफ शेख अर्धशतक पुरा गरे लगत्तै आउट

आसिफ शेख अर्धशतक पुरा गरे लगत्तै आउट

साझा पोष्ट
शनिबार, वैशाख २२ २०८१
  • images
    आसिफ शेख अर्धशतक पुरा गरे लगत्तै आउट
    images

    काठमाडौं । वेष्टईण्डिज 'ए' विरुद्धको अन्तिम खेलमा नेपालका ओपनर आशिफ शेखले अर्धशतक बनाएर आउट भएका छन् ।

    images
    images
    images

    १७३ रनको लक्ष्य पछयाउने  क्रममा उनले ३३ बलमा अर्धशतक पुरा गरेका उनी थप २ बल खेलेर ठूलो सट हान्ने धुनमा आउट भए ।उनले ५ छक्का र २ चौका हाने । नेपालले ताजा अवस्थामा १४ औ ओभरको खेल चलिरहँदा २ विकेट गुमाएर ११० रन बनाएको छ । अनिल साह ४३ रन बनाएर खेलिरहेका छन् । 

    images
    images

    यसअघि कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ जोड्यो ।एलिक अथानाज ४२ र हेडेन वाल्स ७ रनमा नटआउट रहे। यस्तै कप्तान रोस्टन चेसले ३३, जोन्सन चाल्र्सले २४, म्याथ्यू फोर्डले २३, कादीम एलियन र मार्क डेयालले समान ११ रनको योगदान गरे ।

    नेपालका लागि सोमपाल कामी र सागर ढकालले समान तीन विकेट लिए । सोमपालले किफायती बलिङ गर्दै चार ओभरमा मात्रै १६ रन खर्चे । सागरले २ ओभरमा १७ रन दिए । एक विकेट लिएका अविनाश बोहराले चार ओभरमा ४९ रन दिएर महंगो सावित भए । कुशल भुर्तेलले विकेट नलिए पनि किफायती बलिङ गर्दै ४ ओभरमा २५ रन मात्रै खर्च गरे । दीपेन्द्रसिंह ऐरी महंगा सावित भए । उनले ३ ओभरमा ३९ रन दिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार