शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

इलाम-२ मा एमाले विजयी भएकोमा मोहनविक्रम प्रसन्न

इलाम-२ मा एमाले विजयी भएकोमा मोहनविक्रम प्रसन्न

साझा पोष्ट
शनिबार, वैशाख २२ २०८१
  • images
    इलाम-२ मा एमाले विजयी भएकोमा मोहनविक्रम प्रसन्न
    images

    काठमाडौं । नेकपा (मसाल) ले इलामका जनताले इलाम क्षेत्रनंबर २ मा नेकपा एमाले विजयी भएकोमा खुशी व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले वक्तव्य निकालेर एमालेले जितेकोमा प्रसन्नता व्यक्त गरेका हुन् । 
    उपनिर्वाचनमार्फत राजावादी, जातीवादी तथा अमेरिकापरस्त संगठन (रास्वपा)लाई हराएर इलाम २ का जनताले उच्च चेतना देखाएको भन्दै मसालले बधाई दिएको छ ।

    images
    images
    images

    हालै सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका थिए । मसालले एमाले, कांग्रेस वा माओवादी जो विजयी भएपनि लोकतन्त्र पक्षधर हुने भन्दै एमालेको जितमा खुशी व्यक्त गरेको छ । मसालले इलामको उपनिर्वाचन सामान्य घटना भएपनि यसले देशको राजनीतिमा गम्भीर महत्व राख्ने  बताएका छन् । 

    images
    images

    इलामको निर्वाचनले जनतामा भ्रम पैदा गरेर २०८४ को निर्वाचनमा बहुमत प्राप्त गर्ने उद्देश्य राखेको अमेरिकापरस्त संगठन (राष्ट्रिय स्वतन्त्र पार्टी) को उद्देश्य पूरा नहुने स्पष्ट भएको पनि मसालको ठहर छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार