शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

रोहित बने प्लेयर अफ दि सिरिज

रोहित बने प्लेयर अफ दि सिरिज

साझा पोष्ट
शनिबार, वैशाख २२ २०८१
  • images
    रोहित बने प्लेयर अफ दि सिरिज
    images

    काठमाडौं । वेष्टइण्डिज एविरुद्धको सिरिजमा नेपालका कप्तान रोहित पौडेल प्लेयर अफ दि सिरिज घोषित भएका छन् ।सिरिजको अन्तिम खेलपछि शनिबार रोहितलाई नगद २५ हजारसहित पुरस्कृत गरिएको छ ।

    images
    images
    images

    पाँच खेलको सिरिजमा ४ खेल खेलेका उनले तीनवटा म्याचमा ब्याटिङको अवसर पाएका थिए । जसमा उनले १ शतक र २ अर्धशतकसहित २६५ रन बनाए । सिरिजमा उनले एक विकेट पनि लिए । पहिलो खेलमा नेपालले २०६ रनको लक्ष्य पछयाउँदै जित हासिल गर्दा उनले ११२ रन बनाएका थिए । ५४ बलको सामना गरेका उनले ज्ञण् चौका र ६ छक्का हाने । यो खेलमा उनले एक विकेट पनि लिएका थिए ।

    images
    images

    दोस्रो खेलमा रोहितले ४८ बलको सामना गर्दै ६ चौका र २ छक्काको मद्दतले ७१ रन जोडे । तेस्रो खेलमा उनी खेलेनन भने चौथो खेलमा पनि उनले आक्रामक ब्याटिङ गर्दै ४७ बलमा ८२ रन बनाए । जसमा ५ छक्का र ७ चौका सामेल छन् । पाँचौ खेलमा उनी ब्याटिङ गर्न क्रिजमा उभिए पनि एक बल पनि सामना गर्नु परेन् अर्थात उनले ब्याटिङको अवसर पाएनन् । सिरिजमा उनले कुल १४९ बलको सामना गर्दै २६५ रन बनाए । जसमध्ये उनले १७० रन बाउण्ड्रीबाट बटुले । रोहितले तीन खेलमा १३ छक्का र २३ चौका हाने । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार