आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

मूल्यमान्यता विपरित सहकारीले बैंक भन्दा ठूलो कारोबार गर्दा समस्या आयोः मन्त्री अधिकारी

मूल्यमान्यता विपरित सहकारीले बैंक भन्दा ठूलो कारोबार गर्दा समस्या आयोः मन्त्री अधिकारी

साझा पोष्ट
मंगलबार, वैशाख २५ २०८१
  • images
    मूल्यमान्यता विपरित सहकारीले बैंक भन्दा ठूलो कारोबार गर्दा समस्या आयोः मन्त्री अधिकारी
    images

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन् ।

    images
    images

    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले  गरेको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले सहकारीहरु आफ्नो मूल्यमान्यता र सिद्धान्तविपरित अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्या सिर्जना भएको बताए ।

    images
    images

    जुन उद्देश्यका साथ सहकारी स्थापना भएको थियो त्यसविश्रद्ध काम भैरहेको उनले बताए ।‘सहकारीहरु बैंक भन्दाठूलो कारोबार गर्ने अभ्यासमा लागे,सहकारीको मूल्य मान्यता विपरित कामगर्न थाले,बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन,सहकारीमा आवद्धहरुले नै समाधान गर्ने हो, सरकारले सल्लाहदिने हो, यो बाटो जाउ भन्ने हो । सरकारले समस्या समाधानगर्ने होइन’, उनले भने ।

    सदस्यले पनि सबै कुराको जिम्मा सञ्चालकलाई दिन नहुने तर्फ उनले ध्यानाकर्षण गरे । ‘शिक्षक, डाक्टर तथा वकिल सबै यो क्षेत्रमाछन्, सर्वप्रथम मेरो कर्तव्य के हो बुझ्नुपर्छ, त्यो बुझ्न सकियो भने यो समस्य आउँदैन’, मन्त्रीअधिकारीले भने ।
    लेखा सुपरिवेक्षण समितिमा पनि खोट रहेको उनले बताए ।  समस्या समाधान गर्नका लागि अहिलेदेखि नै लाग्न आवश्यकरहेको उनले बताए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार