सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सन्दीपको चुनौतीः दोषी छु भने आठ वर्षले पुग्दैन, फाँसी देऊ

सन्दीपको चुनौतीः दोषी छु भने आठ वर्षले पुग्दैन, फाँसी देऊ

साझा पोष्ट
मंगलबार, वैशाख २५ २०८१
  • images
    सन्दीपको चुनौतीः दोषी छु भने आठ वर्षले पुग्दैन, फाँसी देऊ
    images

    काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौबाट दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेले फेरि एकपटक आफू निर्दोष रहेको र आफूलाई फसाइएको जिकिर गरेका छन्। 

    images
    images

     फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका उनले आफू धेरै समय मौन बसेको भन्दै मंगलबार साँझ फेसबुकमा लामो स्टाटस लेख्दै अदालतको फैसला गलत भएको जिकिर गरेका हुन् । 

    images
    images

    ‘धेरै समय मौनतामा बसी रहें, आफूलाई अन्धकार मा राखी रहे अनि प्रतीक्षामा पल पल बाचि रहे। मलाई थाहा छ कि जिल्ला अदालत ले गरेको फैसला मा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसें। ’ सन्दीपले लेखेका छन् । 
    उनले आफूले कुनै गल्ती नगरेको भन्दै दोषी प्रमाणित गर्न चुनौती दिँदै बोलेकै आधारमा आफू फसेको र अब कोही त्यसरी फस्न नहुने बताएका छन् । 

    उनी लेख्छन् , ‘म निर्दोष छु र मेरो निर्दोषितामा विश्वास र सहानुभूति राख्नेहरूसँग म जीवनभर ऋणी रहने छु। फेरि पनि मेरो यो खुला चुनौती हो, ती तथाकथित अभियन्ताहरूलाई, सक्नुहुन्छ भने प्रमाणित गर्नुहोस्– मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट सम्बन्ध भएको होस्। यदि म दोषी देखिन्छु भने मलाई फाँसी होस् मेरो लागि ८ वर्षले पुग्दैन, फाँसी नै सही हुनेछ’, उनले लेखेका छन्, ‘म त फसेँ, बोलेकै भरमा, अब अरू कोही नफसोस्, बिन्ती छ।’
    उच्च अदालतले पाँच पटकसम्म पेसी तोकेर पनि मुद्दाको अन्तिम सुनुवाइ गरेको छैन। अब उनको पुनरावेदन मुद्दा सुनुवाइका लागि आगामी जेठ १ गतेलाई पेसी तोकिएको छ। पेशी तोकिँदै सर्दै गएपछि उनले सामाजिक सञ्जालमा भावुक प्रतिक्रिया दिईरहेका छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार