सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

गाउँपालिकाको भवन उद्घाटन गर्न प्रधानमन्त्री सल्यान जाँदै, पालिकामा बिदा

गाउँपालिकाको भवन उद्घाटन गर्न प्रधानमन्त्री सल्यान जाँदै, पालिकामा बिदा

साझा पोष्ट
शुक्रबार, वैशाख २८ २०८१
  • images
    गाउँपालिकाको भवन उद्घाटन गर्न प्रधानमन्त्री सल्यान जाँदै, पालिकामा बिदा
    images

    काठमाडौं । अत्यावश्क कामबाहेकका कार्यक्रममा नजाने घोषणा गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गाउँपालिकाको भवन उदघाटन गर्न सल्यान जाँदै छन् ।

    images
    images

    दार्मा गाउँपालिकाको प्रशासकीय भवन उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट सल्यान प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड आउँदा दार्मा गाउँपालिकाले गाउँपालिकाभर सार्वजनिक बिदा दिएको छ ।

    images
    images

    गाउँपालिका अध्यक्ष निमबहादुर केसीले गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय र विद्यालयहरुमा बिदा दिइएको जानकारी दिए ।

     प्रधानमन्त्री प्रचण्डले दार्मा गाउँपालिकाको प्रशासकीय भवन उदघाटन र पालिकाको भवन नजिक पर्ने शहीद गेटमा माल्यार्पणको कार्यक्रम छ ।

    गत कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका १ रामिडाँडा केन्द्रबिन्दु भएर ६।४ म्याग्निच्युडको भूकम्प जाँदा सल्यानको सबैभन्दा धेरै दार्मा गाउँपालिका प्रभावित भएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार