२०८३, असोज १९ गते

सोमबार, असोज १९ गते २०८३

सोमबार, असोज १९ गते २०८३

भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु

भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु

साझा पोष्ट
मंगलबार, चैत २७ २०८०
  • images
    images
    भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु

    काठमाडौं । भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ। घटनामा अर्का एकजना भारतीयको पनि मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। 


    images

    जागरणका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा ५० वर्षीय शिवराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी, ६० वर्षीय गोपाल र ४५ वर्षीय धिरज छन्। दुर्घटनामा छोटु चौधरी र जनक घाइते छन्। मृतक र घाइतेको नेपालको ठेगाना भने खुल्न बाँकी छ। सोमबार राति १० बजेपछि नेपाली श्रमिकहरु सवार जिप भिरबाट झण्डै दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो। नेपाली श्रमिक घर फर्किंदै गर्दा दुर्घटनामा परेका हुन्।
    मृतक र घाइतेको भारतीय प्रहरीले उद्धार गरेको छ। जिप चालक नैनीतालकै ३८ वर्षीय हरिशरामले अनियन्त्रित भएर जिप भीरबाट खसेको बयान दिएका छन्। 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार