२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

कतारको विष्फोटमा नेपाली पनि घाईते

कतारको विष्फोटमा नेपाली पनि घाईते

साझा पोष्ट
मंगलबार, असार ९ २०८३
  • images
    images
    कतारको विष्फोटमा नेपाली पनि घाईते

    काठमाडौं । कतारको रस लाफान औद्योगिक सहरमा रहेको ग्यास प्रशोधन प्लान्टमा भएको विस्फोटमा नेपाली घाइते भएका छन् । 


    images

    १३ जनाको मृत्यु भएको विस्फोटको घटनामा नेपाली पनि घाइते भएका हुन् । मृत्यु हुने १३ जनामा १२ भारतीय नागरिक रहेको टाइम्स अफ इन्डियाले जनाएको छ । 

    स्थानीय सञ्चारमाध्यमका अनुसार घाइते हुनेहरूमा नेपालसहित भारत, कतार, तान्जानिया, पाकिस्तान, गिनी, बंगलादेश, केन्या र नाइजेरियालगायत धेरै देशका नागरिक छन् । 

    घाइते ६६ जनाको उपचार भइरहेको छ । घाइतेहरू कसैको पनि ज्यान जोखिममा नरहेको समाचारमा उल्लेख छ । 

    कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनी, कतार इनर्जीले सञ्चालन सुरु गर्ने क्रममा विस्फोट भएको बताएको छ, जसको परिणामस्वरूप बरजान ग्यास आपूर्ति सुविधामा विस्फोट र आगलागी भएको हो । 

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार