काठमाडौं । अष्ट्रेलियामा बस्ने नेपालीहरूको संस्था नेपाली जनप्रगतिशील मञ्च अन्तर्गत भिक्टोरिया राज्य समितिको अधिवेसनले नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनले तिलक प्रसाद उपाध्यायको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा डि बि थापा सचिवमा श्याम पौडेल,सह–सचिव मा हिक्मत रानमगर र कोषाध्यक्षमा मनोज पौडेल चयन भएका छन् ।
विभिन्न राज्यका अधिवेशन सकेर नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको केन्द्रीय अधिवेशन गर्न लागिएको मञ्चका केन्द्रीय उपाध्यक्ष्य लोक राज पौडेलले जानकारी दिए ।



