२०८३, असोज १९ गते

सोमबार, असोज १९ गते २०८३

सोमबार, असोज १९ गते २०८३

इजरायलले ९२ हजार विदेशी श्रमिक लिने

इजरायलले ९२ हजार विदेशी श्रमिक लिने

बुधबार, असार ५ २०८१
  • images
    images
    इजरायलले ९२ हजार विदेशी श्रमिक लिने

    काठमाडौं । इजरायल सरकारले ९२ हजार विदेशी श्रमिक भित्र्याउने निर्णय गरेको छ । 


    images

    प्रधानमन्त्री कार्यालयका महानिर्देशक योसी शेलीको अध्यक्षतामा सोमबार बसेको विदेशी श्रमिकसम्बन्धी उच्चस्तरीय समितिको बैठकले ९२ हजार श्रमिक  ल्याउने निर्णय गरेको हो ।

    इजरायलमा विदेशी श्रमिक अभाव भएपछि प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले विदेशी श्रमिकको कोटा तोक्नको लागि गत १५ मेमा उच्चस्तरीय समिति बनाएका थिए । यो समितिको चौथो बैठक हो ।

    बैठकले कृषि, उद्योग, होटल र रेस्टुरेन्ट क्षेत्रका लागि कोटा निर्धारण गरेको छ । जसमा सबैभन्दा बढी कृषि क्षेत्रमा ६५ हजार, उद्योगमा १३ हजार दुई सय, होटलमा ६ हजार ८ सय र रेस्टुरेन्ट क्षेत्रमा दुई हजार जना रहेका छन् । 

    इजरायलले विदेशी श्रमिक ल्याउने देश भने छुट्याएको छैन । इजरायलको केयरगिभर क्षेत्रमा झन्डै ४५ सय कामदार कार्यरत छन् ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार