२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

अर्घाखाँचीका भुसाललाई जापान प्रहरीले गर्‍यो सम्मान

अर्घाखाँचीका भुसाललाई जापान प्रहरीले गर्‍यो सम्मान

साझा पोष्ट
सोमबार, साउन २८ २०८१
  • images
    images
    अर्घाखाँचीका भुसाललाई जापान प्रहरीले गर्‍यो सम्मान

    काठमाडौं । जापानको को टोकियो स्थित कोम्बिनी स्टोर मा कार्यरत अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ गुराँसेका सरोज भुसाललाई  जापान प्रहरीले सम्मान गरेको छ ।  एक जापनीज नागरिकलाई ठगिनबाट जोगाएपछि प्रहरीले उनलाई प्रशंसा पत्रसहित सम्मान गरेको हो । 
    ठगको समूहले  तपाईको कमप्युटर मा भाइरस पसेको छ यसलाई बनाउन ५० हजारको कार्ड किन्नु पर्छ भनेर विश्वास  दिलाएपछि पसलमा आई कार्ड किन्न लाग्दा भुसालले गठी केश  हुन सक्छ भन्दै तुरुन्तै प्रहरीमा खवर गरेर उनलाई जोगाएका थिए । ती जापानिज नागरिकको  ठुलो धनराशी क्षति हुनबाट जोगाउँदै अपराध कम गर्न सहयोग गरेको भन्दै जापान प्रहरीले भुसाललाई प्रशंसा पत्र प्रदान गरेको छ । 


    images

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार