काठमाडौं । प्रधान्यायाधीशमा डा मनोज कुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयमा दुई सदस्यले नोट अफ डिसेन्ट लेखेका छन् ।
विधि मिचेर शर्माको नाम सिफारिस भएको भन्दै राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा नोट अफ डिसेन्ट लेखेका हुन् ।
विधि मिचेर प्रधानमन्त्री बालेन शाहले शर्माको नाम लिएपछि उनीहरुले असहमति जनाएका हुन् ।
दाहाल र आङ्देम्बेले विधि र स्थापित परम्परा अनुसार अगाडि बढ्नुपर्ने तर्क राख्दा प्रधानमन्त्री शाहले भने क्षमता र योग्यताका आधारमा शर्मा नै उपयुक्त पात्र भएको दाबी गरेका स्रोतले जनाएको छ ।



