काठमाडौं,मंसिर ११ । काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
अर्याललाई प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत आज पेस गरेकाेमा चार दिन थुनामा राखेर थप अनुसन्धान गर्न प्रहरीले अनुमति पाएकाे हाे ।
मलेसियाको वैदेशिक रोजगारीका लागि जाने श्रमिकको बायोमेडिकल सेवा शुल्क असुलीसम्बन्धी अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले अर्यालमाथि अनुसन्धान गरिरहेको छ ।



