काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेले आज बैठक बोलाएका हुन् ।
साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाइएको रास्वपाले जनाएको छ ।
बैठकको कार्यसूची:
१. भेला, अधिवेशन विशेष तालिका ।
२. आयोग, विभाग पदाधिकारी मनोनयन ।
३. जिल्ला समिति विघटन ।
४. अनुशासनात्मक कारबाही सम्बन्धमा।
५. केन्द्रीय समिति बैठक ।
६. विविध ।



