२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

दिल्लीमा रविको उच्चस्तरीय भेट, विदेशमन्त्री जयशंकरसँग गरे वार्ता

दिल्लीमा रविको उच्चस्तरीय भेट, विदेशमन्त्री जयशंकरसँग गरे वार्ता

साझा पोष्ट
मंगलबार, जेठ १९ २०८३
  • images
    images
    दिल्लीमा रविको उच्चस्तरीय भेट, विदेशमन्त्री जयशंकरसँग गरे वार्ता

    काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मंगलबार भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्। 


    images

    भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।  भारतीय विदेशमन्त्री जयसंकरले प्रतिक्रिया दिँदै भनेका छन्, ‘रास्वपा सभापति रवि लामिछानेसँगको भेटवार्ता फलदायो रह्यो।’ वर्ता विकास र दुई देशबीचको जनता–जनताबीचको सम्बन्ध केन्द्रित रहेको उनले जनाए।

    भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्य पनि सहभागी थिए। विदेशमन्त्री जयशंकरसँगको भेटमा दुई देशका राजनीतिक दलहरुबीचको सम्बन्ध र क्षेत्रीय हितका विषयमा समेत कुराकानी भएको थियो।

    पाँच दिने भारत भ्रमणको क्रममा दिल्लीमा रहेका लामिछानेले मंगलबार बिहान बीजेपी शीर्ष नेताहरुसँग भेटवार्ता गरेका थिए। 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार