काठमाडौं । चर्चित गायक एव्म संगीतकार संगीतकर्मी आशिष अविरलमाथि अमेरिकाको बाल्टिमोरमा निर्घात कुटपिट भएको छ।
कामको सिलसिलामा उत्पन्न भएको सामान्य विवादपछि दुई स्थानीय व्यक्तिले कुटपिट गरेका हुन्।
आक्रमणका कारण आशिष अविरलको नाक तथा आँखामुनिको हड्डी भाँचिएको छ। बाल्टिमोरस्थित ट्रमा सेन्टरमा शल्यक्रिया गरिएपछि उनी घर फर्किएका छन् चिकित्सकले आशिषलाई केही साता घरमै आराम गर्न सल्लाह दिएका छन्। उनको आँखामा पनि चोट लागेको छ ।


