काठमाडौं । सन्दीप लामिछानेले ४ वर्षपछि फेरि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेट टोलीको कप्तान बनेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आज सन्दिप कप्तानीमा मलेसियामा हुने एसीसी पुरुष प्रिमियर कपको लागि १४ सदस्यीय ओडिआई टिम घोषणा गरेको हो ।
रोहित पौडेललाई कप्तानको जिम्मेवारीबाट हटाउँदै सन्दीपलाई दिइएको छ । योसँगै ४ वर्षपछि रोहितको कप्तानी यात्राको अन्त्य भएको छ।
पछिल्लो पटक आइसिसी विश्वकप लिग टु अन्तर्गत दुई सिरिजमा नेपालको प्रदर्शन कमजोर भएपछि रोहितमाथि प्रश्न उठेको थियो । तर व्यक्तिगत प्रदर्शन भने सन्दीपको पनि राम्रो थिएन, तथापि उनले जिम्मेवारी पाएका छन् ।
सन्दीपको नेतृत्वमा एसीसी पुरुष प्रिमियर कपका लागि टिम बनाउँदा टोलीमा व्यापक परिवर्तन गरिएको छ । नियमित ओपनर कुशल भुर्तेल, सोमपाल कामीसँगै नन्दन यादव र आरिफ शेखलाई ड्रप गरिएको छ। नन्दन भने चोटका कारण बाहिर परेका हुन् ।
उनीहरूको स्थानमा सन्दीप जोरा, देव खनाल, बसिर अहमद र शेर मल्लले टोलीमा स्थान बनाएका छन्।
एकदिवसीय टिम:



