२०८३, असोज १८ गते

आइतबार, असोज १८ गते २०८३

आइतबार, असोज १८ गते २०८३

विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा, को-को परे ?

विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा, को-को परे ?

साझा पोष्ट
शुक्रबार, असोज १६ २०८३
  • images
    images
    विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा, को-को परे ?

    काठमाडौं,असोज १६  । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को लागि राष्ट्रिय टोली घोषणा गरेको छ। 
    क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्ययीय टोली घोषणा गरेको छ। 
    जसमा सन्दीपसहित आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल छन्। 


    images

     ओपनर कुशल भुर्तेलले एक दिवसीय टिममा कमब्याक गर्न सकेनन् । यही अक्टोबर ७ देखि ओमानमा हुनलागेको लिग २ को यो अन्तिम शृंखला हो।

    लिग २ तालिकामा नेपाल पुछारबाट दोस्रो स्थानमा छ। ३२ खेल खेलेको नेपालले ११ खेल मात्रै जितेकाे छ ।  १९  खेल हारेकाले नेपाल शीर्ष ४ मा पर्न ओमानमा हुने खेल जित्नुपर्ने दबाबमा छ। नेपालको  २४ अंक मात्रै छ। 

    लिग २ मा  ३६ खेलबाट ४५ अंक बटुलेको स्कटल्यान्ड पहिलो स्थानमा छ। त्यसैगरी ३२ खेलमा ४३ अंक बटुलेको अमेरिका दोस्रो स्थानमा छ भने नेदरल्यान्ड्स (३८) तेस्रो, ओमान (३१) चौथो, नामिबिया (२८) पाँचौँ, क्यानडा (२५) छैठौँ, नेपाल (२४) सातौँ र यूएई (१८) आठौँ स्थानमा छन्।  

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार