काठमाडौं, भदौ ८ । भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै किसानले प्रदर्शन गरेका छन् । भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण्मा तथा ठगी अन्त्य गर्न माग गर्दै देशभरका कुखुरापालक किसानले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

उत्पादनको मूल्य निर्धारण गर्ने अधिकार किसानलाई नै दिनुपर्ने र लागत, जोखिम तथा लगानीका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्नुपर्ने उनीहरुको माग छ । सरकारले भारतबाट भइरहेको कुखुरा र चल्ला तस्करी नियन्त्रण गर्न नसक्दा आफूहरुले न्युनतम बजार मूल्य समेत पाउन नसकेको एक कुखुरापालक किसानले गुनासो गरे । सरकारले तस्करी पूर्ण रुपमा नियन्त्रण गर्दै कुखुरा र चल्लाको न्यूनतम समर्थन मूल्य वृद्धि गर्नुपर्ने उनको माग छ ।

उनले भने, ‘हामीले धेरै मेहनत गरेर कुखुरा पालन गरेका हुन्छौँ । भारतबाट कुखुरा र चल्ला तस्करी भएर आउँदा हामीले न्युनतम समर्थन मूल्य पाइरहेका छैनौँ । सरकारले भारतबाट भइरहेको तस्करी नियन्त्रण गरेर कुखुरापालक किसानको न्यायको लागि मूल्य वृद्धि गरिदिनुपर्छ । सरकारले न्यूनतम् समर्थन मूल्य वृद्धि नगर्दा हामी लाखौँ कुखुरा किसानहरु अस्तव्यस्त भयौँ ।’

किसानका समस्या, गुनासो र सुझाव सुन्न छुट्टै आयोग वा सयन्त्र गठन गर्नुपर्ने, देशभरका किसानले दैनिक वास्तविक बजार मूल्य थाहा पाउने पारदर्शी सूचना प्रणाली लागू गर्नुपर्ने आन्दोलनरत कुखुरापालक –न्युज एजेन्सी नेपाल
तस्बिरहरुः अनुप प्रधान, न्युज एजेन्सी नेपाल



