२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

मेडिकल टिम बोकेर सेनाको एमआई–१७ हेलिकप्टर रसुवा उड्यो

मेडिकल टिम बोकेर सेनाको एमआई–१७ हेलिकप्टर रसुवा उड्यो

साझा पोष्ट
बुधबार, भदौ १० २०८३
  • images
    images
    मेडिकल टिम बोकेर सेनाको एमआई–१७ हेलिकप्टर रसुवा उड्यो

     काठमाडौं, भदौ १० । नेपाली सेनाको एआई-१७ हेलिकप्टर मेडिकल टिम बोकेर काठमाडौंबाट  रसुवाको बाढी प्रभावित क्षेत्रतर्फ उडेको छ ।


    images

    नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम ९ईएमआरटी० बोकेर हेलिकप्टर जिल्ला अस्पताल त्रिशूलीतर्फ उडेको छ ।

     धुन्चे र त्रिशूलीबाट उद्धारको टोली पनि परिचालित भएको छ । यसअघि सेनाका दुई हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा खटिसकेका थिए ।

    आज बिहान तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको  बाढीले ठूलो क्षति भएको छ ।  बाढी नुवाकोट हुँदै धादिङ पुगिसकेको छ ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार