२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

प्रम बालेनलाई फोन गरेर मोदीले भने: सम्भव सबै सहायताका लागि भारत तयार छ

प्रम बालेनलाई फोन गरेर मोदीले भने: सम्भव सबै सहायताका लागि भारत तयार छ

साझा पोष्ट
बुधबार, भदौ १० २०८३
  • images
    images
    प्रम बालेनलाई फोन गरेर मोदीले भने: सम्भव सबै सहायताका लागि भारत तयार छ

    काठमाडौं,भदौ १० । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रसुवा बाढीले पुर्याएको क्षतिप्रति चासो देखाउँदै प्रधानमन्त्री वालेन्द्र शाहसँग फोन संवाद गरेका छन् मोदीले बालेनलाई फोन गरेर रसुवा बाढीपछि नेपालमा भएको क्षतिबारे जानकारी लिएर समवेदना व्यक्त गरेका हुन्। उनले अहिलेको कठिन घडीमा भारतका जनता नेपालीहरूको साथमा रहेको उल्लेख गरेका छन् ।


    images

    ‘प्रधानमन्त्री बालेन्द्र साहसँग कुराकानी गरी नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरें। यस कठिन घडीमा भारतका जनता नेपालका आफ्ना दिदीबहिनी तथा दाजुभाइहरूसँग ऐक्यबद्धताका साथमा छन्, ‘बालेनसँगको संवादपछि मोदीले भनेका छन्, ‘भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार छ।’

    मोदीले उद्धार र राहतका लागि भारतीय अधिकारीहरूले नेपाली सरकारी अधिकारीहरूसँग समन्वय गरिरहेको पनि जानकारी गराएका छन्।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार