२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

हिमाल रोयो, नदी गर्जियोः अनि…रसुवादेखि चितवनसम्मै बग्यो सपना र आँसुको भेल (तस्बिरहरु)

हिमाल रोयो, नदी गर्जियोः अनि…रसुवादेखि चितवनसम्मै बग्यो सपना र आँसुको भेल (तस्बिरहरु)

साझा पोष्ट
बुधबार, भदौ १० २०८३
  • images
    images
    हिमाल रोयो, नदी गर्जियोः अनि…रसुवादेखि चितवनसम्मै बग्यो सपना र आँसुको भेल (तस्बिरहरु)

    काठमाडौं, भदौ १० ।मध्यरातको सुनसान चिर्दै हिमालपारिबाट उर्लेर आएको त्रिशूलीको कालो भेलले हजारौँ परिवारको ओत र पुख्र्यौली थातथलो क्षणभरमै बालुवाको बगर बनाइदिएको छ । तिब्बतको जिलोङस्थित डोङलिन छाङ्गो नदीमा हिमपहिरोले थुनिएर बनेको अस्थायी ताल फुट्दा नेपालतर्फ पसेको बाढीले धादिङबेसीदेखि देवीघाटको पवित्र संगमसम्म केवल रोदन, भत्किएका पुल र बगेका सपनाहरूको भग्नावशेष मात्र छोडेको छ । 

    तिब्बतको जिलोङ काउन्टीमा विशाल हिमपहिरोपछि डोङलिन छाङ्गो नदी थुनिएर ताल बनेको थियो । त्यो कमजोर प्राकृतिक बाँध फुट्नासाथ हजारौँ क्युसेक लेदोसहितको बाढी त्रिशूली नदीको साँघुरो गल्छी हुँदै नेपाल प्रवेश ग¥यो । रसुवाको टिमुरे र स्याफ्रुबेँसी नाघेर नुवाकोट र धादिङ आइपुग्दा नदी राक्षसझैं उर्लिएको थियो ।


    images

    धादिङको तटीय क्षेत्र तथा धादिङबेसी जोड्ने सडक र झोलुङ्गे पुलहरू बाढीले नामेट पारेको छ । नदी किनारका खेतबारीमा रोपिएको धानको हरियाली अब कालो हिलो र ठूला ढुङ्गामुनि पुरिएको छ । वर्षौंको पसिनाले उठाएको घर एकै लहरमा बग्दा स्थानीय वृद्धवृद्धाहरू बगरमा बसेर आँसु खसालिरहेका छन् । गाउँका पक्की संरचना, मोटरेबल पुल र जलविद्युत आयोजनाका बाँधहरूमा अपूरणीय क्षति भएको छ ।

    नुवाकोटको पवित्र तीर्थस्थल देवीघाट, जहाँ त्रिशूली र तादी नदीको पावन संगम छ, आज बाढीको भयानक चक्रव्यूहमा फसेको छ । मन्दिर प्रांगण, दाहसंस्कार घाट र नजिकैका बस्तीहरू जलमग्न भएका छन् । नदीको तिब्र कटानले दशकौँ पुराना बस्तीहरूको जग नै हल्लाइदिएको छ ।

    विस्थापित परिवारहरू त्रिपालमुनि ओत खोज्दै सुक्खा चिउरा र आँसु निलिरहेका छन् । त्रिशूलीको यो भेल बुढीगण्डकी र मस्र्याङ्दीसँग मिसिँदै गोरखाको गण्डकी किनार, चितवनको मुग्लिङ–नारायणगढ करिडोर हुँदै नवलपरासीको त्रिवेणीसम्म पुग्दा जलस्तर खतराको रेखाभन्दा निकै माथि पुगेको छ । डुबानको डरले हजारौँ बासिन्दा सुरक्षित स्थानतर्फ सरेका छन् । 

    rasuwa_badhi_9.jpg

    rasuwa_badhi_3.jpg

    rasuwa_badhi_4.jpg

    rasuwa_bandhan_10.jpg

    rasuwa_badhi_6.jpg

    rasuwa_badhi_7.jpg

    rasuwa_badhi_8.jpg

    तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार