२०८३, मंसिर ११ गते

बिहीबार , मंसिर ११ गते २०८३

बिहीबार , मंसिर ११ गते २०८३

भोटेकोशी बाढीः अहिलेसम्म ९५ जनाको शव भेटियो

भोटेकोशी बाढीः अहिलेसम्म ९५ जनाको शव भेटियो

साझा पोष्ट
बुधबार, भदौ १० २०८३
  • images
    भोटेकोशी बाढीः  अहिलेसम्म ९५ जनाको शव भेटियो
    images

    काठमाडौं, १० भदौ । रसुवाको भोटेकोशी नदीमा आज बुधवार बिहान आएको भीषण बाढीका अहिलेसम्म ९५ जनाको शव फेला परेको छ ।   २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ । 


    images

    जसमध्ये रसुवामा १ जनाको पुरुषको शव फेला परेको छ । नुवाकोटमा ५ जना महिला र ६ जना पुरुष गरी ११ जनाको शव फेला परेको छ । धादिङमा ११ महिला, ५ पुरुष, २ (पहिचान नखुलेको) गरी १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

    गोरखामा एक महिला, ४ पुरुष र एक बालक र १० जना (पहिचान नखुलेको)को शव फेला परेको छ । चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र ८ जना (पहिचान नखुलेका) को शव भेटिएको छ ।

     तनहुँमा ३ जना पुरुष, १ जना बालिका र १ जना बालकको शव फेला परेको छ भने नवलपरासीपूर्वमा ८ जना पुरुष र ३ जना बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार