काठमाडौं, १० भदौ । रसुवाको भोटेकोशी नदीमा आज बुधवार बिहान आएको भीषण बाढीका अहिलेसम्म १५७ जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा ३, नुवाकोटमा १३, धादिङमा र चितवनमा ६४ जनाको शव फेला परेको छ । यस्तै गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा १९ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
खोज तलाश जारी रहेको र मृतकको संख्या यो भन्दा निकै धेरै हुन सक्ने अनुमान छ । विभिन्न अस्पतालमा ४१ जनाको उपचार भैरहेको छ ।



