२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

सिंहदरबारमा सर्वदलीय बैठक सुरु : उद्धार, राहत र पुनर्स्थापनबारे छलफल (तस्बिरहरु)

सिंहदरबारमा सर्वदलीय बैठक सुरु : उद्धार, राहत र पुनर्स्थापनबारे छलफल (तस्बिरहरु)

साझा पोष्ट
बिहीबार , भदौ ११ २०८३
  • images
    images
    सिंहदरबारमा सर्वदलीय बैठक सुरु : उद्धार, राहत र पुनर्स्थापनबारे छलफल (तस्बिरहरु)

    काठमाडौं, भदौ ११ ।  बुधबार तिब्बततर्फबाट आएको बाढीले पुर्‍याएको क्षति, उद्वार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ ।


    images

    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति भोटेकोशी बाढी रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् ।

    baithak_1.jpg

    सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको कार्यालयमा बैठक चलिरहेकाे छ  । बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही लगायत उपस्थित छन् ।

    बुधबार आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ ।  खोज तथा उद्धारको कार्य जारी छ । भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रका बस्ती बगेका छन् ।

    यसअघि नै दलहरूले सार्वजनिक रुपमा र संसद्मार्फत उद्धार, राहत, पुनर्स्थापना र भविष्यमा आउन सक्ने सम्भावित विपद् रोक्ने पूर्वतयारी र दीर्घकालीन नीति तय गर्ने कार्यमा सरकारसँगै रहने प्रतिबद्धता जनाएका छन् ।

    baithak_2.jpg

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार