२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

सुरुङमा फसेकाको उद्धारका लागि भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टिम पनि आउँदै

सुरुङमा फसेकाको उद्धारका लागि भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टिम पनि आउँदै

उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको अपिल

साझा पोष्ट
शनिबार, भदौ १३ २०८३
  • images
    images
    सुरुङमा फसेकाको उद्धारका लागि भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टिम पनि आउँदै

    काठमाडौं,भदौ १३ । सुरुङमा फसेकाको उद्धारका लागि ११ सदस्यीय भारतीय प्राविधिक टोली परिचालन भएको छ ।  आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय टोली परिचालन भएको र चीनबाट आउँदै गरेको जानकारी गराएका हुन् । 


    images

    उनका अनुसार भारतबाट हालसम्म ५७ टनभन्दा बढी राहत सामग्री प्राप्त भएको छ ।  उनले उद्धारको सहयोग र राहतका लागि जापान, अस्ट्रेलियालगायत देशहरूसँग पनि निरन्तर संवाद भइरहेको बताए। सरकारको प्राथमिकता अहिले उद्धारमा केन्द्रित रहेको बताए।

    नेपालले अन्तर्राष्ट्रिय सहयोग अस्वीकार गरेको भनी केही विदेशी सञ्चारमाध्यममा आएका समाचारको मन्त्री खनालले खण्डन गरे ।
    उनले भने  ‘विनाशको स्तर अत्यन्त ठूलो छ । हामीलाई उद्धार र राहतमा मात्र नभई पुनर्निर्माण र पुनःस्थापनाको चरणमा ठूलो वैदेशिक सहयोगको आवश्यकता पर्नेछ ।’


    विपद् व्यवस्थापनका लागि इच्छुकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा अनलाइन वा क्यूआर कोडमार्फत सहयोग गर्नसक्ने व्यवस्था मिलाइएको छ । साथै, नेपाल भ्रमणका लागि असुरक्षित रहेको भन्ने भ्रमलाई चिर्दै मन्त्री खनालले काठमाडौं, पोखरा, लुम्बिनी, चितवन, जनकपुरका साथै अन्नपूर्ण र एभरेष्ट क्षेत्र लगायतका प्रमुख पर्यटकीय गन्तव्यहरू सुरक्षित र सञ्चालनमा रहेको स्पष्ट पारे ।

    उनले अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अर्थतन्त्र सबल बनाउन पर्यटनमार्फत सहयोग गर्न अपिल गरे । सरकारले बाढी र हिमपहिरोको जोखिम न्युनिकरणका लागि दीर्घकालीन योजना अघि सारेको छ । भोटेकोशी र अन्य नदी प्रणालीहरूमा पूर्वसूचना प्रणाली जडान गर्ने र यस्ता प्राकृतिक प्रकोपबारे विस्तृत अनुसन्धान गरिने मन्त्री खनालले बताए ।

    यसका लागि त्रिभूवन विश्वविद्यालय र चिनियाँ एकेडेमी अफ साइन्सेसबीचको संयुक्त संयन्त्रमार्फत अनुसन्धान कार्य अघि बढाइने उनको भनाइ छ । 
    मन्त्रालयले विदेशी नागरिकहरूको पहिचान र सम्पर्कका लागि ‘डेडिकेटेड इमर्जेन्सी कन्ट्रोल रुम’ स्थापना गरेको छ र कुटनीतिक नियोगहरू मार्फत निरन्तर समन्वय गरिरहेको छ । विपद्को यस घडीमा प्राप्त अन्तर्राष्ट्रिय सद्भाव र सहयोगप्रति सरकारले विशेष आभार प्रकट गरेको छ । –न्युज एजेन्सी नेपाल

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार