२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

भारतले पठायो पाँचौँ खेपको सहयोग

भारतले पठायो पाँचौँ खेपको सहयोग

साझा पोष्ट
बुधबार, भदौ १७ २०८३
  • images
    images
    भारतले पठायो पाँचौँ खेपको सहयोग

    काठमाडौं,भदौ १७ ।  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यलाई सहयोग गर्न भारतले पाँचौँ लटको सहयोग पठाएको छ ।
    भारतले बुधबार बिहान पाँचौं खेपको सहयोग विमानमार्फत नेपाल पठाएको हाे । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले  उद्धार तथा खोजीका लागि विशेष उपकरणसहित ११ जनाको उद्धार टोली र ५.५ टन अत्यावश्यक औषधिक लिएर विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी दिए ।
    यसअघि १४ भदौमा भारतले बाढी प्रभावितका लागि ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो विमान नेपाल पठाएको थियो ।
    नेपालमा हाल उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको छ। भारतसहित विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरूले प्रभावित क्षेत्रका लागि सहयोग उपलब्ध गराइरहेका छन्।


    images

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार