२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

भोटेकोशी बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन

भोटेकोशी बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन

साझा पोष्ट
बुधबार, भदौ १७ २०८३
  • images
    images
    भोटेकोशी बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन

    काठमाडौं,भदौ १७ । रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डीपी अर्यालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले पारित गरेको हो ।
    बैठकमा सभामुखले राष्ट्रिय शोकको घडीमा ऐक्यबद्धता कायम राख्न र तीन वटै तहका सरकार, सबै दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गरी खोज, उद्धार र विस्थापित नागरिकलाई पुनर्स्थापना गर्न तथा घाइतेको उचित उपचारको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिए।

    images

    उनले बाढीमा परेर ज्यान गुमाएर र उक्त घटनाबाट घरबारविहीन भएकाहरूको व्यवस्थापन एवम् घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवङ्गतहरूको आत्माको चिरशान्तिको कामना पनि गरे। भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा विनावशकारी बाढी आएको थियो ।

    उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित छ । बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार