२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि आफन्तको डिएनए परीक्षण जारी (तस्बिरसहित)

बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि आफन्तको डिएनए परीक्षण जारी (तस्बिरसहित)

साझा पोष्ट
बिहीबार , भदौ १८ २०८३
  • images
    images
    बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि आफन्तको डिएनए परीक्षण जारी (तस्बिरसहित)

    काठमाडौं,भदौ १८ । गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएकाहरूको पहिचान खुलाउन आफन्तहरूको डिएनए परीक्षण प्रक्रिया जारी  छ ।
    बाढीमा परेर ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवहरूसँग वंशाणुगत सम्बन्ध भिडाई सनाखत गर्नका लागि आफन्तहरूले नमूना सङ्कलन गराउन थालेका हुन् ।


    images

    उक्त विनाशकारी प्राकृतिक विपत्तिमा परी हालसम्म १ हजार २ सय भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने ४ हजारभन्दा बढी अझै बेपत्ता छन् । बेपत्ता भएका आफ्ना आफन्तहरूको अवस्था अज्ञात रहँदा परिवारजनमा बेचैनी बढेको छ । विभिन्न अस्पतालमा रहेका बेवारिसे शवहरूमध्ये आफ्ना आफन्त हुनसक्ने आशङ्कामा परिवारका सदस्यहरू डिएनए परीक्षणका लागि काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा लामवद्ध भएका छन् ।

    प्रहरी अस्पतालकाअनुसार मृतकको पहिचान सुनिश्चित गर्न आफन्तहरूको रगतको नमूना सङ्कलन गरी परीक्षण गर्ने प्रक्रिया अघि बढाइएको हो । बाढीमा परी हराइरहेकाहरूको खोजी तथा उद्धार कार्यलाई सरकारले निरन्तरता दिइरहेको छ ।

    यद्यपि, फेला परेका शवहरूको पहिचान हुन नसक्दा वैज्ञानिक परीक्षणमार्फत सनाखत गरी परिवारलाई बुझाउने तयारी गरिएको छ ।

    dna_4.jpg

    dna_3.jpg

     

    dna_2.jpg

    dna_5.jpg

    तस्बिर: अनुप प्रधान/ न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार