२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’का लागि ७ अर्ब ९५ करोड लाग्ने

झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’का लागि ७ अर्ब ९५ करोड लाग्ने

साझा पोष्ट
बिहीबार , भदौ १८ २०८३
  • images
    images
    झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’का लागि ७ अर्ब ९५ करोड लाग्ने

    काठमाडौं,भदौ १८ ।  रसुवाको भोटेकोशीमा १० भदौमा गएको विनासकारी बाढी झण्डै चार खर्बको क्षति भएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 


    images

    प्राधिकरणले बिहीवार साँझ नियमित प्रेस ब्रिफिङ आयोजना गर्दै बाढीबाट क्षेत्रगत र मानवीय गरी ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको भएको प्रारम्भिक अध्ययनले देखाएको जनाएको हो । प्रेस ब्रिफिङमा बोल्दै प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेतीले आगामी चार महिनाभित्र प्रारम्भिक पुन:स्थापनाका लागि ७ अर्ब ५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको समेत बताए । उनले बाढी प्रभावित नागरिकको खोज, उद्धार र राहत वितरण सँगसँगै क्षतिको विवरण संकलनको कार्य समेत निरन्तर भइरहेको बताए ।

    उनका अनुसार भवन, सार्वजनिक बस्ती, पुल, स्वास्थ्य, पोषण, शिक्षा, कृषि, पशुपालन, ऊर्जा, विद्युत् र दूरसञ्चार क्षेत्रको तत्काल पुनर्स्थापना सरकारको प्राथमिकतामा रहेको समेत बताए । उनले बिहीवार मात्र बाढी प्रभावित उत्तरी क्षेत्रबाट एक चिनियाँ नागरिकसहित ११४ जनाको उद्धार गरी काठमाडौं ल्याउने कार्य भइरहेको समेत बताए । उनले बिहीवार नै अन्य २० जनाको समेत बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएको बताए । उनले सरकारले खोज, उद्धार र राहत वितरणमा सरकारका संयन्त्रहरू क्रियाशील रहेको समेत बताए ।

    उनले भने, ‘आज मात्र हाम्रो उत्तरी क्षेत्रबाट उद्धार भएर एक सय १३ जना नेपाली र एक चिनियाँ गरी एक सय १४ जना सकुशल उद्धार भएर काठमाडौं फर्किँदै हुनुहुन्छ । त्यो हाम्रो लागि सुखद समाचार हो । अन्य प्रभावित क्षेत्रमा फसेका २० जनाको पनि उद्धार भएको अवस्था छ । हामीले अर्ली रिकभरीमा अबको चार महिनामा के के गर्ने ? र यसको लागि अध्ययन गरेका थियौँ । र त्यो स्टिमेसन चाहिँ ७ अर्ब ९५ करोड बराबरको अर्ली रिकभरी गर्न लाग्ने अनुमान गरेका छौँ । बाढीमा कति लागत बराबरको क्षति भयो भन्ने कुरा पनि हामीले बाहिर ल्याएका छौँ । सबै क्षेत्रमा

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार