काठमाडौं, भदौ २२ । भोटेकोशीमा आएको बाढीले जनधनको क्षति भएको विषयमा सामाजिक सहिष्णुतामा खलल पुग्ने गरी अभिव्यक्ति दिने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ घर भएर काठमाडौंको बलम्बुमा बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै छन् ।
उनलाई अदालतबाट विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ ।
भोटेकोशी बाढीले मानिसहरू बगाएको विषयमा खुसी व्यक्त गर्दै आरोपीले विभिन्न जातिहरूलाई लक्षित गर्दै उनीहरूलाई बगाउँदा राम्रो भएको र जनसङ्ख्या घटेको अभिव्यक्ति दिएका थिए ।
त्यसबारे भिडियो बनाएर फेसबुकको रिलमा प्रसारण गरेपछि साइबर ब्युरोले उनलाई पक्राउ गरेको हो ।



