२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

त्रिशुली–३ बी मा फसेकालाई प्राथमिकतामा राखेर उद्धार गर्न माग गर्दै माईतीघरमा प्रदर्शन

त्रिशुली–३ बी मा फसेकालाई प्राथमिकतामा राखेर उद्धार गर्न माग गर्दै माईतीघरमा प्रदर्शन

साझा पोष्ट
सोमबार, भदौ २२ २०८३
  • images
    images
    त्रिशुली–३ बी मा फसेकालाई प्राथमिकतामा राखेर उद्धार गर्न माग गर्दै माईतीघरमा प्रदर्शन

    काठमाडौं,भदौ २२ । माथिल्लो त्रिशुली–३ बी जलविधुत आयोजनामा फसेकाहरुको उद्धार र खोजी कार्यमा प्राथमिकतामा दिन माग गर्दै माईतीघरमा प्रदर्शन गरिएको छ । 
    सोमवार हाईड्रोमा फसेका आफन्तहरुले माईतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारले माथिल्लो ३ बी मा उद्धार तथा खोजी कार्यमा सरकारले चासो नदेखाएको आरोप लगाएका छन् । सरकारले आफूले पनि खोजी कार्यमा चासो नदिएको र आफन्तहरुलाई पनि खोजी गर्न जान नदिएको उनीहरुको गुनासो छ ।


    images

    रसुवा बाढीपछि त्रिशुली ३ बी जलविद्युत आयोजनामा कार्यरत १७८ जना कर्मचारी तथा श्रमिक सम्र्कविहीन छन् । बाढीले आयोजनालाई पूर्ण रुपमा क्षति गरेको छ । सरकारले उद्धार तथा खोजी कार्यको लागि उक्त आयोजनाको भौतिक संरचना नै पत्ता लगाउन सकेको छैन । उक्त आयोजनामा उद्धार कार्य कठिनाई देखिएको सरकारको भनाई छ तर पीडितहरुले भने उद्धारमा कठिनाई छ भन्दैमा सरकार पन्छिन नमिल्लने बताउँछन् ।

    बाढी प्रभावित सुमना श्रेष्ठ अमात्यले त्रिशूली ३ बी मा कार्यरत कर्मचारी तथा कामदारहरुको खोजीकार्यमा सरकारले अदारुकता नदेखाएको बताइन । उनका श्रीमान वरिष्ठ भूगर्भविद् सुमेश अमात्य हाल सम्पर्क विहीनछन । गृह मन्त्रालयमा गएर पटकपटक ध्यानकषर्ण गराउँदा पनि सरकारले चासो नदिएको र हेलिकप्टर लगायतका उपकरण लगेर उद्धार गर्नुपर्नेमा कुटो कोदाले लिएर पठाएको उनको आरोप छ ।
    उनले भनिन्, बाढी गएको ३/४ दिनमा नै हामी गृहमन्त्रालयमा ध्यानाकर्षण गराउन गएका थियौँ तर त्यहाँ हामीलाई भेट्न दिईएन । रेक्स्यू भइरहेको छ, किन आत्तिएको भन्नेकुरा उहाँहरुले गर्नुभयो । सरकारले रेस्क्यु गर्न नै जानेको रहेनछ, कुटो कोदालो बोकेर रेस्क्यू गर्न जाने हो, सरकार कति लाचार छ भन्ने यही बाट थाहा भयो नी त ।’


    सरकारले हराएकोहरु जीवित भए जीवित र नभएमा शव भएपनि आफन्तलाई उपलब्ध गराउनुपर्ने पीडितहरुको भनाई छ । हेलिकप्टर लगायत अरु उपयुक्त उपकरण लगेर तत्काल उद्धार कार्यलाई तिब्रता दिन उनीहरुले माग गरेका छन् । बाढी गएको लामो समयसम्म पनि उद्धार हुन नसक्नु सरकारको लाचारीपन भएको पीडितहरुको भनाई छ ।

    सरकारले अन्तर्राष्ट्रिय सहयोग लिएर बेलैमा उद्धार तथा खोजी गर्न पनि कन्जुस्याई गरेको उनीहरुको आरोप छ । ११ औँ दिनसम्म पनि जीवितै उद्धार भईरहकोले सरकारले समयमा नै त्रिशूली ३ बी मा पनि खोजी कार्य गरिदिएमा त्यहाँ रहेका मानिसहरुलाई सकुशल उद्धार गर्न सकिने आफन्तहरुको आश छ । सरकारलाई कुनै एक ठाउँमा मात्रै उद्धारमा केन्द्रित नहुन उनीहरुले आग्रह गरेका छन् ।

    प्रर्दशनमा सहभागीहरुले ‘उद्धार गर्न कठिन छ झन उद्धार गर्न नहुने कुरा हुँदैन’, ‘कति घर बसेर कुरेर, रोएर दिन बिताउने हामी पीडित ?’ ‘१३ दिन भईसक्यो र पनि उद्धारको सूचना खै ?’, त्रिशुली ३ बी लाई प्राथमिकता दिनुस्’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।–न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार