२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

'मुलुकलाई ‘ग्रे लिस्ट’बाट निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको छ'

'मुलुकलाई ‘ग्रे लिस्ट’बाट निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको छ'

साझा पोष्ट
शुक्रबार, भदौ २६ २०८३
  • images
    images
    'मुलुकलाई ‘ग्रे लिस्ट’बाट निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको छ'

    काठमाडौं,भदौ २६ ।  अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई जोखिमपूर्ण मुलुकको सूची (ग्रे लिस्ट) बाहिर निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
    उनले नेपाललाई ग्रे लिस्टबाट चाँडोभन्दा चाँडो बाहिर निकाल्नको लागि अन्तर्राष्ट्रिय समुदायमा समेत पहल भइरहेको बताए । उनले सरकारले आफ्नो पक्षलाई बलियो ढङ्गले प्रस्तुत गर्न राष्ट्र बैंकका डेपुटी गभर्नर, महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्तासहित ५–६ जनाको टोली नै परिचालन गरिएको पनि बताए ।
    उक्त टोली हाल मलेसियामा रहेर काम गरिरहेको अर्थमन्त्री वाग्लेको भनाइ छ  । उनले एफएटीएफकै विषयमा अमेरिकी अर्थमन्त्रीसँग आफूले भेट गर्ने प्रयास गरिरहेको समेत बताए । नेपाल ग्रे लिस्टबाट समयमै बाहिरिन नसके त्यसको प्रत्यक्ष असर नेपालको अन्तर्राष्ट्रिय वित्तीय विश्वसनीयता, करेस्पोन्डेन्ट बैंकिङ, लगानी वातावरण र पुँजी प्रवाहमा समेत पर्ने भएको कारण सरकार गम्भीर भएर काम गरिरहेको उनको भनाइ छ ।


    images

    उनले ग्रे लिस्टबाट बाहिर निस्कन सरकारले चालिरहेको कदमबारे अफवाह फैल्याउने कार्य भइरहेको पनि बताए । उनले प्राकृतिक विपदबाट भएको क्षति तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको बताए । पुनर्निर्माणलाई पुरानै संरचना पुनःनिर्माण गर्ने अवसरका रूपमा मात्र नभई जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्ने सरकारको नीति रहेको उनको भनाइ छ ।
    उनले भने, ‘फाइनान्सियल एक्सन टास्क फोर्स (एफटिएफ) को ग्रे लिस्टबाट नेपाललाई निकाल्नमा हाम्रो भगीरथ प्रयास चलिरहेको छ । यसैका लागि चालिएका केही कदमहरूबाट अलिकति अफवाहहरू पनि फैलिने गरेका छन् । त्यसमा सेजोन जस्तो जिम्मेवार संस्थाका सदस्यहरूले यसलाई जुन गम्भीरताका साथ उठाइदिनुपर्ने हो, त्यसै अनुरूप गरिदिनुहुन म अनुरोध पनि गर्न चाहन्छु । अहिले म यहाँ बोल्दाबोल्दै मलेसियामा हाम्रो टिमले काम गरिरहेको छ ।’

    उनले मुलुकको आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रलाई सँगै लिएर काम गर्न खोजिरहेको बताए । उनले लगानीमैत्री वातावरण निर्माण गर्न आफूले अर्थमन्त्री भएकै दिनदेखि नीतिगत सुधारको काममा लागिपरेको पनि बताए । 

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार