काठमाडौं । रास्वपाकी सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै संसदमा चर्को असन्तुष्टि जनाएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारमाथि पनि प्रश्न उठाएकी हुन । उनले पसलमा ग्यास भएर पनि उपभोक्ताले नपाएको आफूसँग रिपोर्ट रहेको उनले बताईन।
‘मलाई दिनकै पसलमा ग्यास छ तर पसलेले ग्यास बेच्न मान्दैनन् भनेर फोन आउँछ। यो त ल्हासामा सुन छ, कान मेरो बुच्चै छ जस्तो भएन र रु के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो त ? ’ उनले भनिन् ,पसलमा ग्यास हेर्दै भोकभोकै जनता बस्नुपर्ने दिन हेर्न जनताले दुई तिहाइको मत दिएर पठाएको हो ?
उनले थपिन्, ‘यदि साँच्चिकै ग्यास छैन भने आज नै अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनुपर्यो र जनतालाई दाउरा खोजी भात पकाएर खाऊ भनेर भन्न सक्नुपर्यो। होइन भने महिनैपिच्छे ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ।’



