२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

काठमाडौं महानगरपालिकाले लक्षित वर्गलाई २ लाख रुपैयाँसम्मको निःशुल्क जलन उपचार उपलब्ध गराउने

काठमाडौं महानगरपालिकाले लक्षित वर्गलाई २ लाख रुपैयाँसम्मको निःशुल्क जलन उपचार उपलब्ध गराउने

साझा पोष्ट
शुक्रबार, भदौ २६ २०८३
  • images
    images
    काठमाडौं महानगरपालिकाले लक्षित वर्गलाई २ लाख रुपैयाँसम्मको निःशुल्क जलन उपचार उपलब्ध गराउने

    काठमाडौं,भदौ २६ ।  काठमाडौँ महानगरपालिकाले लक्षित वर्गका जलनका पीडितलाई प्रतिव्यक्ति २ लाख रुपैयाँसम्म निःशुल्क उपचार उपलब्ध गराउने भएको छ। यसका लागि महानगरपालिकाले शुक्रबार जनस्वास्थ्य सरोकार ट्रस्ट (पीएचइसिटी)अन्तर्गत सञ्चालित कीर्तिपुर अस्पतालसँग सम्झौता गरेको छ।
    सम्झौताअनुसार विपन्न, हिंसा पीडित तथा बेवारिसे जलनका बिरामीले महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा कीर्तिपुर अस्पतालमा निःशुल्क उपचार पाउनेछन्।


    images

    काठमाडौँ महानगरपालिका क्षेत्रमा बसोबास गर्ने स्थायी बासिन्दा, कानुनबमोजिम बसाइँसराइ गरी आएका व्यक्ति, महानगरका जनप्रतिनिधि, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यसमेत यो सेवाका लाभग्राही हुनेछन्। जलनका बिरामीको निःशुल्क उपचारका लागि काठमाडौँ महानगरपालिकाले अस्पताललाई २ करोड रुपैयाँ उपलब्ध गराएको छ। त्यसमध्ये १ करोड रुपैयाँको ‘जलन उपचार कोष’का लागि छुट्याइएको छ भने बाँकी १ करोड रुपैयाँ अघिल्लो आर्थिक वर्षमा खरिद गरिएका स्वास्थ्य उपकरण तथा सामग्रीको भुक्तानीका लागि प्रदान गरिएको हो।

    सम्झौताअनुसार बिरामीले क्याबिन, इएचएस वा कस्मेटिक उपचार रोजेमा कोषबाट खर्च व्यहोरिने छैन। चालु आर्थिक वर्षमा कोषको रकम खर्च हुन नसके आगामी आर्थिक वर्षमा खर्च गर्नुपर्नेछ।

    सम्झौता कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जलन पीडितलाई आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नदिन कोष स्थापना गरिएको बताइन्।

    उनले आगलागी नियन्त्रणमा खटिने अग्नि नियन्त्रक, नगर प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी तथा महानगरवासीका लागि जलनबाट बच्ने उपायसम्बन्धी क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेसमेत बताइन्। उनले जलन दुर्घटना न्यूनीकरण, प्राथमिक उपचार तथा सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र तालिमसमेत गरिने बताइन्।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार