२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

सडकपेटीमा प्रसूति घटनाः ड्युटीमा रहेका अस्पतालका कर्मचारी बर्खास्त

सडकपेटीमा प्रसूति घटनाः ड्युटीमा रहेका अस्पतालका कर्मचारी बर्खास्त

साझा पोष्ट
शुक्रबार, भदौ २६ २०८३
  • images
    images
    सडकपेटीमा प्रसूति घटनाः ड्युटीमा रहेका अस्पतालका कर्मचारी बर्खास्त

    काठमाडौं,भदौ २६ । स्वास्थ्यमन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको गेटबाहिर एक महिलाले शिशु जन्माएको घटनामा सरकारले आवश्यक छानबिन अघि बढाएको बताएकी छन्।


    images

    प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले उक्त घटनालाई सरकारले गम्भीरतापूर्वक लिई आवश्यक छानबिन अघि बढाइएको बताएकी हुन्।

    उनले घटनाका बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर उनीहरूमाथि पनि छानबिन भइरहेको बताइन्।

    उनले भनिन्, ‘अस्पतालको सो घटनाको बखत डिउटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई आवश्यक छानबिन सुरु भइसकेको छ। मातृ तथा नवजात शिशुको जीवन रक्षा, सुरक्षित प्रजनन् तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएकोले राजविराजको घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ।’

    घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ तथा एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको उनले जानकारी दिइन्।

    उनले घटनाबारे मन्त्रालयले अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागिसकेको र अस्पतालले स्पष्टीकरणसमेत पेश गरिसकेको जानकारी दिइन्।

    प्रसूति भएपछि आमा र नवजात शिशुलाई सालनालसहित पुनः प्रसूति वार्डमा ल्याई आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै बस्न आग्रह गरे पनि उनी अस्पतालबाट बाहिरिएको मन्त्री मेहताले बताइन्।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार