काठमाडौं, कात्तिक २७ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले टस जितेर बलिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर काठमाडौंका कप्तान करण केसीले सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएका हुन् ।
५ खेल खेलेको काठमाडौं अंक तालिकाको दोस्रो स्थानमा छ । उसले ५ खेलमा ४ मा जित्दार एक खेल हारेको छ ।सुदूरपश्चिम भने अंक तालिकाको तेस्रो स्थानमा छ । ६ खेल खेलेको सुदूरपश्चिमले ४ मा जित र दुईमा हार बेहोरेको छ ।
यसैगरी आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्नेछन् । चितवन अंक तालिकाको पाँचौं र जनकपुर अंक तालिकाको छैटौं स्थानमा छ । चितवनले ५ खेलमा २ मा जित,२ मा हार बेहोर्दा वर्षाका कारण एक खेल रद्द हुँदा अंक बाँडेको थियो । जनकपुरले ६ खेलमा ४ खेल हार्दा मात्र २ खेल जितेको छ ।



