२०८३, कात्तिक ३० गते

आइतबार, कात्तिक ३० गते २०८३

आइतबार, कात्तिक ३० गते २०८३

सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते

सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते

साझा पोष्ट
शनिबार, भदौ २७ २०८३
  • images
    सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते
    images

    बुटवल, भदौ २७ ।  सल्यानको त्रिवेणी गाउँपालिका वडा न ५ सिंखस्थित भित्री सडकखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।


    images

    शनिबार बिहान करिब ८ बजे लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा चालक जिल्ला सल्यान, त्रिवेणी गाउँपालिका–५ सिम्ख बस्ने २४ वर्षीय भुपाल पुनसहित ६ जना घाइते भएका थिए ।

    घाइतेमध्ये २ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएकोमा बिहान सबा १० बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका छन् ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा सल्यान, त्रिवेणी गा.पा.-०६ पोखरी बस्ने वर्ष ८ को रेशम बुढाथोकी त्रिवेणी वडा नं ५ सल्ले बस्ने वर्ष १८ की बिपना बुढाथोकी  छन् । सो घटनामा परेर घाइते हुनेमा चालक सल्यान, त्रिवेणी गा.पा.- ५ सिम्ख बस्ने वर्ष २४ को भुपाल पुन, सोही वडाका वर्ष २९ को पारस बोहरा, वर्ष ५० को डिल्लीबहादुर वली, वडा नं ६ बस्ने वर्ष ४२ की लालमति बुढाथोकी  छन् ।

    घाइते ४ जनालाई त्रिवेणी हेल्थ केयर लुहाम सल्यानमा सामान्य उपचार पश्चात थप उपचारको लागि दाङ घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार